कर्णालीले दियो काठमाडौँ १ सय ५० रनको लक्ष्य

कर्णालीले दियो काठमाडौँ १ सय ५० रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको छ। 

कर्णाली याक्सले २० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय ५० रनको लक्ष्य दिएको हो। टस जितेपछि गोर्खाजले बलिङ् राजेपछि कर्णालीले पहिले ब्याटिङ् गरेको हो। 

कर्णालीका लागि शिखर धवन एक्लैले ७२ रन जोडेर १५० रनको लक्ष्य कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दिएको हो।

कर्णालीका कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौँ गोर्खाजका कप्तानमा करण केसी छन्। 

कर्णाली र काठमाडौँ दुवै यो दोस्रो खेल हो, यो भन्दा अगाडिको खेलमा दुवै टिमले जित हासिल गर्न सकेको थिएन्। 

कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले पराजित हुँदा काठमाडौँ पहिलो खेलमा चितवनसँग पाँच विकेटले पराजित भएको थियो।