एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

एनपीएल : चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितका लागि पोखरा एभेन्जर्सलाई एक सय ६२ रनको लक्ष्य दिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६१ रन बनाएको छ ।

चितवनका लागि रवि वोपराले ५१ रनको अर्धसतकीय इनिङ्स खेले । कप्तान कुशल मल्लले ३८ रन बनाए ।

चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको थियो ।