जनकपुरको लगातार दोस्रो जित

जनकपुरको लगातार दोस्रो जित

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। ओपनरद्वय कप्तान अनिल शाह र आशिफ शेख चम्बिकएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हरायो। यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो।

जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले।

जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन्।

यस्तै आशिफ शेखले ३६ रन बनाए। अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए। लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए। बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए।