जनकपुरलाई कर्णालीले दियो १४२ रनको लक्ष्य

जनकपुरलाई कर्णालीले दियो १४२ रनको लक्ष्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा सोमबारको दोसो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनायो। 

कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए। उनले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन्। यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए।

भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट भए। महङ्गो मुल्यामा कर्णालीमा अनुबन्ध भएका धवनले १४ बलमा तीन चौकाको सहयोगमा उक्त रन बनाएका हुन्। बाबर हायतले १२ रन जोडे। 

बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिए। ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए।