काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छिन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनि आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन्।
डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राइ र मन्त्रालयका अधिकारीहरुले बिदाई गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
यस भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुनेछ।
चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरुप उनि चीन गएकी हुन्। प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन्।
परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते शनिबार नेपाल फर्किने छन्।
प्रतिक्रिया