पाकिस्तानमा इमरान समर्थकको हिंसात्मक प्रदर्शनः ६ सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानमा इमरान समर्थकको हिंसात्मक प्रदर्शनः ६ सुरक्षाकर्मीको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इस्लामाबाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन्। सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन्।

प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरे, जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन्। रिपोर्टका अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन्। अधिकांशको अवस्था गम्भीर छ। इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ।

राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाइएको छ। प्रदर्शनकारीलाई देख्नेबित्तिकै गोली हान्न आदेश दिइएको छ। पाकिस्तानी सेनालाई कानून र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यू लगाउने अधिकार दिइएको छ।