लगातार घट्दो क्रममा सुनको मुल्य

लगातार घट्दो क्रममा सुनको मुल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ।

अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपियाँले घटेको छ। आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भएको थियो।