बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

बाढीपहिरोबाट भीमादका एक सय ५० जना विस्थापित

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ। भीमाद नगरपालिकाका विभिन्न वडाका एक सय ५० जना बाढीपहिरोबाट विस्थापित भएका छन्। भीमादका नगरप्रमुख दधिराज सुवेदीका अनुसार ग्रामीण क्षेत्रमा बसोबास गर्दै आएका अधिकांश दलित समुदायका घर भत्किँदा उनीहरू विस्थापित भएका हुन्।

“विस्थापित घरपरिवारको तथ्याङ्क सङ्कलन भइसकेको छ, विस्थापित परिवारसँग छलफल गरी समस्या समाधानतर्फ लाग्ने छौं।” उनि भन्छन्, “तीस घरका एक सय ५० जना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानका स्थानन्तरण गर्ने प्रयास जारी छ।”

यसैबीच, बाढीपहिरोले भीमाद नगरपालिका क्षेत्रका ३५ वटा खानेपानीका आयोजनामा क्षति भएको छ। नगरपालिकाले खानेपानी आयोजनाको मर्मतसम्भारका लागि विनियोजन गरेको रु ५० लाख अपुग भएकाले विकास– निर्माणका निम्ति छुट्याइएको रकम गर्नुपरेको नगरप्रमुख सुवेदीले बताए। अधिकांश आयोेजनाको मर्मतसम्भार अन्तिम चरणमा पुगेका र केही मर्मतका क्रममा रहेका उनले बताए।