काठमाडौँ। पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ।
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।
ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनि २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए।
प्रतिक्रिया