मणिपुरमा हिंसा, मुख्यमन्त्रीको घर निशाना

मणिपुरमा हिंसा, मुख्यमन्त्रीको घर निशाना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इम्फाल। मणिपुरमा एक महिला र दुई बालबालिकाको शव भेटिएपछि सुरु भएको विरोध प्रदर्शन शनिबार हिंसात्मक बनेको छ। मेइती-बहुल इम्फाल उपत्यकामा, प्रदर्शनकारीहरूले तीन राज्य सरकारका मन्त्रीहरू र छ बीजेपी विधायकहरूको घरमा आक्रमण गरे। आक्रोशित भीडले मन्त्री सपम रञ्जन, सीएम बिरेन सिंहका ज्वाइँ र भाजपा विधायक आरके इमो सिंहको घरलाई पनि निशाना बनाए। अबेर राति आक्रोशित भीड मुख्यमन्त्री वीरेन सिंहको निवासमा पनि पुगेका थिए।

प्रदर्शनकारीलाई हटाउन सुरक्षा बलले अश्रुग्यास र हवाई फायर गर्नुपरेको थियो। स्थिति बिग्रँदै गएपछि ५ जिल्लामा कर्फ्यु लगाइएको छ। यसैगरी ७ जिल्लामा इन्टरनेट बन्द गरिएको छ।

यसैबीच, केही मन्त्रीहरू सहित १९ बीजेपी विधायकहरूले वीरेन सिंहलाई हटाउन माग गर्दै प्रधानमन्त्री कार्यालय (पीएमओ) लाई पत्र पठाएका छन्। स्रोतका अनुसार अबको दुई–तीन दिनमा स्थिति बिग्रिएमा राज्यमा राष्ट्रपति शासन लाग्न सक्छ।

शनिबार जिरिवामको बराक नदी किनारबाट दुई महिला र एक बालकको शव फेला परेको थियो। उनीहरुलाई ११ नोभेम्बर जिरिबामबाट कुकी विद्रोहीले अपहरण गरेको आशंका गरिएको छ। सोही दिन सुरक्षा बलले १० बन्दुकधारी आतङ्ककारीलाई मारेको थियो। जबकि कुकी-जो संगठनले यी १० जनालाई गाउँपालिकाको गार्ड भनेका थिए। यसैबीच शुक्रबार राति एक महिला र दुई बालबालिकाको शव फेला परेको छ।