रवि लामिछानेको थप १० दिन म्याद थपियो

रवि लामिछानेको थप १० दिन म्याद थपियो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा। जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई मङ्गलबार अदालतले तेस्रो पटक म्याद थपेको हो।

पहिलो पटक कात्तिक ४ गते उनलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो।

दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलबारमात्र लामिछानेलाई अदालत लगिएको थियो। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।