रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार, ६ जना पक्राउ

रास्वपाका कार्यकर्तामाथि अश्रुग्यास प्रहार, ६ जना पक्राउ

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता, कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने छ जनालाई पक्राउ गरेको छ।

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहेका रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालतमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका हुन्। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निषेधित क्षेत्र तोड्ने खोजेपछि अश्रुग्याँस प्रहार भएको जानकारी दिए।

लामिछाने कात्तिक २ गते पक्राउ परेपछि ३ गतेदेखि नै रास्वपाले लगातार प्रदर्शन गरिरहेको छ। रास्वपाको प्रदर्शन नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले कात्तिक ४ गते सहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय कास्की रहेको क्षेत्रमा निषेधाज्ञा जारी गरेका थिए।