वैद्यखाना चलाउन सक्ने अवस्था छैन : विभागका महानिर्देशक केसी

वैद्यखाना चलाउन सक्ने अवस्था छैन : विभागका महानिर्देशक केसी

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ ।

धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले कानुनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको निष्कर्ष सुनाएको हो ।

विभागका महानिर्देशक डा. प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरुलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनैपनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताए । ‘‘पाखापखेरामा अहिले अमला पाक्न थाले । त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा ट्याक्स तिर्नुपर्दछ । बाँदरले खान छोडिसके त्यो अमला । त्यसलाई कसैले टिपेर बेच्छु नि दुई पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन् ।,’’ महानिर्देशक केसीले भने, ‘‘यी चिजहरु चेन्ज भएनन् भने वैद्यखाना होइन अब जुन वैद्यखाना बनेपनि सरकारले चलाउन सक्दैन । जुडिबुटी त्यस्तै भइसक्यो । आफैँ खेती गर्न त्यो सम्भावना नहोला । यस्तो अवस्था अन्त्य गर्न आवश्यक छ । स्वस्थ बन्ने प्रयास गरौैं सबैले । योग, ध्यानमा जोड दिऔं ।’’

महानिर्देशक डा. केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्त्व झनै बढेर गएको बताए ।