डेंगु सङ्क्रमण बढ्दो

डेंगु सङ्क्रमण बढ्दो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम। पहाडी जिल्ला भए पनि इलाममा डेंगुको त्रास भने कायमै छ। अहिले पनि अस्पताल आएकाहरूमा डेंगु सङ्क्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ।

सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना सुरु भएयता तीन जनामा डेंगु देखिएको अस्पतालले जनाएको छ। अस्पतालको तथ्याङ्क अनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस देखिएको बताइएको छ।

अस्पताल आएका कतिपय बिरामी जिल्लामै उपचार गरेर घर फर्कने गरेका छन् भने कतिपय झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताउँछन्।

जिल्लाका अन्य पालिकाहरूमा पनि फाटफुट रूपमा डेंगुका बिरामी भेटिने गरेको स्वास्थ्य कार्यालयका प्रवक्ता विमल बरालले जानकारी दिए। बरालका अनुसार अहिले सदरमुकाममा डेंगु नियन्त्रणको खास कार्यक्रम नभए पनि पालिकाहरूमा भने खोज र नष्ट गर अभियान पालिकाहरूले गरिरहेका छन्।