अख्तियार आयुक्त अमात्यले गुठीको जग्गा मिचेर बनाएको घरमा ललितपुर महानगरले चलायो डोजर

अख्तियार आयुक्त अमात्यले गुठीको जग्गा मिचेर बनाएको घरमा ललितपुर महानगरले चलायो डोजर

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अख्तियार आयुक्त सुमित्रा अमात्यले गुठीको जग्गा मिचेको पाइएपछि ललितपुर महानगरपालिकाले डोजर चलाएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार आफ्नै उपस्थितिमा डोजर चलाउन निर्देशन दिएका थिए ।

ललितपुर १० चाकुपाटस्थित सुमित्रा अमात्य सम्पदाको जग्गा मिचेर बनाएको पाइएपछि महानगरले खाली गराएको जनाएको छ । गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अँटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ ।

“आयुक्तको घरको मूलगेट र पर्खाल भत्काइदिएको छ,” महानगर स्रोतले भन्यो,“गुठियार, आयुक्त र महानगरबीच पटक पटक कुराकानी हुँदा पनि अँटेर गरेपछि भत्काउनुपरेको हो ।”