काठमाडौँ। साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो। बङ्गलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरिन्।
कप्तान सविना खातुनले दुई तथा रितु चक्मा र सेउली अजिमले एक गोल गरे। भुटानका लागि डेकि ल्हाजोमले सान्त्वना गोल फर्काईन्।
बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो। भुटान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो। फाइनलमा बङ्गलादेशले नेपाल र भारतबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र भारतको सेमिफाइनल खेल आजै साँझ ६:३० बजे हुनेछ। नेपाल समूह ‘बी’ को विजेता र भारत ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो।
प्रतिक्रिया