स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

स्पेनको एक भवनमा विस्फोट, तीनको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बार्सिलोना। स्पेनको उत्तरी शहर सान्टान्डरमा शनिबार बिहान भएको विस्फोटमा परी तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।

घटना स्थानीय समयअनुसार बिहान ४ बजेतिर एउटा सानो आवासीय भवनमा भएको थियो।

विस्फोटका कारण तीनतले भवनमा आगलागी भएको तर विस्फोटको कारण अझै अज्ञात रहेको क्यान्टाब्रिया क्षेत्रको राजधानी सान्टान्डर शहरका मेयर गेमा इगुआलले बताए।

विस्फाेटपछि भवनको छेऊका केही भवनका बासिन्दाहरूलाई सावधानीका लागि खाली गरिएको थियो।