मौसम सफा हुँदै गएपछि रेसुङ्गा विमानस्थलको नियमित उडान सुरु

मौसम सफा हुँदै गएपछि रेसुङ्गा विमानस्थलको नियमित उडान सुरु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तम्घास। गुल्मीको रेसुङगा विमानस्थलबाट एक महिनापछि नियमित उडान सुरु भएको छ। मौसम खरावका कारण विगत एक महिनादेखि नियमित उडान हुन नसकेको विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए।

हप्ताको दुई दिन बुधबार र शुक्रबार उडान हुने कार्यतालिका रहेपनि विगत एक महिनादेखी नियमित उडान हुन नसकेका थापाले बताए। कात्तिक महिनाको सात गते बुधबार र ९ गते शुक्रबार नियमित उडान भएकाले मौसम सफा भएमा नियमित हप्ताको दुइ दिन उडान हुने उनको भनाइ छ।

असोज महिनामा चार गते र २५ गतेमात्रै उडान भएको थियो। मौसम सफा नभएका कारण उडान भर्न नसकिएको थापाले बताए। क्रमिक रुपमा मौसम सफा हुँदै गएकाले नियमित उडान हुने भन्दै यात्रुहरुलाई निरास नहुन उनले आग्रहसमेत गरे।

पछिल्लो समयमा यात्रुहरुको चापलाई मध्यनजर गर्दै हप्ताको शुकबार र बुधबार दुई दिन उडान गर्ने कार्यतालिका रहेको थापाले बताए।

काठमाडौँबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौँका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको उनले बताए। हवाई यात्रामा गुल्मी जोडिएसङगै फ्रान्स र स्पेनबाट पनि पर्यटकहरु घुम्नको लागि गुल्मी आएको रेसुङगा नगरपालिका गुल्मीले जनाएको छ।

हाल गुल्मीबाट काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट गुल्मीका लागि सात हजार पाँच सय रुपियाँ भाडा कायम गरेको छ।