‘स्क्रब टाइफस’ र डेङ्गु का बिरामी बढ्दै

‘स्क्रब टाइफस’ र डेङ्गु का बिरामी बढ्दै

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन। पाल्पामा डेङ्गु र ‘स्क्रव टाइफस’ बाट सङ्क्रमित बिरामी बढेका छन्।

यो वर्ष २२५ जना ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित बनेका छन् भने डेङ्गुबाट हालसम्म २४९ जना बिरामी पुगेका छन्। जिल्लाको विभिन्न स्थानका २२५ जना मानिसमा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

यस्तै २४९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन्। यो वर्ष पाल्पामा चार सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए। जिल्लाका ठुला अस्पताल अहिले डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामीले भरिएका छन्।

पछिल्लो तीन महिनामा ‘स्क्रब टाइफस’ र डेङ्गुका बिरामीले अस्पताल भरिएको मिसन अस्पतालले जनाएको छ। जिल्लाभित्र र बाहिरका ‘स्क्रब टाइफस’ र डेङ्गुबाट सङ्क्रमित बिरामी दिनहुँ थपिएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए। जिल्लाको पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा सङ्क्रमित बिरामीको उपचार भइरहेको छ।

‘स्क्रब टाइफस’ र डेङ्गुबाट हालसम्म कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिए। गत वर्ष डेङ्गु सङ्क्रमणबाट पाँच जना बिरामीको मृत्यु भए पनि यो वर्ष हालसम्म कसैको पनि मृत्यु नभएको उनले उल्लेख गरे।