रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा। पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ। साथै पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाइ पनि जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप सात दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने र जोशी दुवैविरुद्ध सात दिन म्याद थप भएको जानकारी दिए। कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई यसअघि गएको आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएकोमा म्याद बुधबार सकिएको थियो। असोज ६ गते पक्राउ परेका जोशीको म्याद पनि बुधबारै सकिएको हो।

सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलन गरेको अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ। गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रुपियाँ रकम अवैधानिक रुपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ। सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवदेनले देखाएका छन्।

लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारीपीडित दुवैले प्रदर्शन गरिरहेकाले अहिले पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ।