काठमाडौं महानगरपालिकाले विभागीय प्रमुखको गाडी बिहीबार फिर्ता लिएको छ ।

काठमाडौं महानगरपालिकाले विभागीय प्रमुखको गाडी बिहीबार फिर्ता लिएको छ ।

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखलाई चढ्न दिएको गाडी बिहीबार फिर्ता लिएको छ । उक्त गाडी दुरुपयोग भइरहेको उजुरी महानगरलाई आएपछि फिर्ता लिइएको हो ।

बायो ग्याँस प्लान्टका लागि युरोपियन युनियनले महानगरलाई यो गाडी अनुदान दिएको थियो । प्लान्ट हाल सञ्चालनमा छैन । गत वर्ष अघि महानगरपालिकाको वातावरण विभागको कार्यालय टेकुमा रहेको थियो । प्राप्त गाडी वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले प्रयोग गर्दै आएका थिए ।

पछिल्लो समय श्रेष्ठकी पत्नीले सो गाडी चलाउने गरेपछि फिर्ता लिइएको महानगरपालिकाका एक कर्मचारीले बताए । महानगरपालिकाले श्रेष्ठलाई कार्यालय प्रयोजनका लागि छुट्टै गाडी दिएको छ ।

‘एक हप्ताअघि सूचना आएको थियो । छानबिन गर्दा श्रेष्ठले दुरुपयोग गरिरहेको पाइएपछि फिर्ता ल्याइएको हो’, ती कर्मचारीले भने ।

उक्त गाडी प्राइभेट नम्बर राखेर सञ्चालन हुने गरेको थियो । श्रेष्ठ १० औँ तहका अधिकृत हुन् । उनको बालाजुस्थित निवासमा राखिरहेको अवस्थामा महानगरको प्रहरीले गाडी फिर्ता ल्याएको छ ।

वातावरण विभाग प्रमुख श्रेष्ठले गाडी दुरुपयोगको आरोप अस्वीकार गरेका छन् । आफूले सधैँ त्यही गाडी चढ्ने गरेको र बिहीबार बिग्रिएका कारण घरमा राखेको उनले बताए ।

नेपाल प्रेससँग कुराकानी गर्दै उनले भने, ‘मैले सधैँ चढ्ने गाडी नै त्यही हो, सीसीटीभी फुटेज हेर्नुभए हुन्छ ।’

गाडीमा प्राइभेट नम्बर भएको विषयमा उनले इम्बोस्ड नम्बर भएका कारण सरकारी नम्बर प्लेट लिनका लागि प्रयास भइरहेको बताए ।