सिटामोलको नियमित उत्पादन

सिटामोलको नियमित उत्पादन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाल औषधी लिमिटेडले सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको छ। लिमिटेडले बिहीबार विज्ञप्ति निकाल्दै सिटामोलको नियमित उत्पादन भइरहेको स्पष्ट पारेको हो।

देशभर डेंगुको सङ्क्रमण बढेको अवस्थामा सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्ययबाट जनगुनासो आएपछि लिमिटेडले सिटामोल अभाव नभएको स्पष्ट पारेको हो।

लिमिटेडले खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरु, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरुलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आएको निमिटेडले जनाएको छ।

साथै लिमिटेडले डेंगु सङ्क्रमणलाई ध्यानमा राख्दै सर्वसाधारणका लागि सिटामोलको सहज उपलब्धता गराउने उद्देश्यले लिमिटेडको बिक्री महाशाखाको काउन्टरबाट जो कोहीले आवश्यकता अनुसार सिटामोल बिहान ८ देखि साँझ ६ बजेसम्म खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ।