सन्दीप लामीछानेलाई चितवनमा एक लाखसहित सम्मान

सन्दीप लामीछानेलाई चितवनमा एक लाखसहित सम्मान

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी सन्दीप लामिछानेलाई चितवनमा नगद एक लाखसहित सम्मान गरिएको छ ।

जिल्ला क्रिकेट संघ चितवन र सेन्ट्रल कलेजले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी नगद एक लाखसहित सन्दीपलाई सम्मान गरेका हुन् ।

सन्दीप अमेरिका र वेष्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपमा बंगलादेशविरुद्ध २ विकेट लिँदै टी-२०आई क्रिकेट १०० विकेट लिने पहिलो नेपाली खेलाडी र विश्वकै दोस्रो खेलाडी बनेका थिए ।

सन्दीपलाई १०० विकेट पूरा गरेको अवसरमा नगदसहित सम्मान गरिएको हो ।

उनलाई यसअघि भरतपुर महानगरपालिकाले एक लाख नगदसहित सम्मान गरेको थियो ।