प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्ने

प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्ने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि उनले सार्वजनिक गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताए।

नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको हो। अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।