प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण

प्रधानमन्त्रीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण गरेका छन्।

प्रधानमन्त्री निवासमा आज उक्त  पुस्तक लोकार्पण गर्दै उनले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिए 

हरेक व्यक्तिले सम्मानित जीवन बाँच्न पाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्धिका बारेमा विमर्श गर्दा वातावरण संरक्षणलाई बिर्सन हुँदैन भने।

लेखक तिम्सिनाले प्रधानमन्त्री ओलीको अवधारणा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको आलोकमा खुसी र सुखको वैज्ञानिक विश्लेषण पुस्तकमा गरिएको जानकारी दिए। समृद्धि अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा प्रकाशित उक्त पुस्तकमा समृद्धिलाई मन, मस्तिष्क र मनस्थितिका आधारमा विविध सामाजिक र आर्थिक पक्षको लेखाजोखा गरिएको छ।