राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगले आर्थिक वर्ष २०८०/८१ मा वार्षिक प्रतिवेदन पेस गरेको छ। 

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सो आर्थिक वर्षमा सम्पादन गरेका कामहरूसहितको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।  

त्यस अवसरमा राष्ट्रपति पौडेलले संस्कृति व्यक्ति र समुदायको पहिचान तथा अपनत्व कायम राख्ने महत्वपूर्ण माध्यम हो भने। “थारू समुदाय मूलतः नेपालको तराई क्षेत्रमा युगौँदेखि बसोबास गरी आएको र यो समुदायको आफ्नै भाषा, संस्कृति, वेशभूषा, परम्परा, सभ्यता र संस्कार रहेको छ”, उनले भने,“आदिवासी जनजातिका रूपमा रहेको यस समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, परम्परा, कला, साहित्यका विषयमा अध्ययन गरिनु आवश्यक छ।”