तोलामा रु ५०० ले घट्यो सुनको मूल्य

तोलामा रु ५०० ले घट्यो सुनको मूल्य

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ असोजः स्थानीय बजारमा सुनको मूल्य तोलामा रु ५०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ६१ हजारमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार ५०० निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार ९८५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार ९८० निर्धारण भएको छ ।