हाइटीमा ग्याङफाइट हुँदा ७० जनाको मृत्यु

हाइटीमा ग्याङफाइट हुँदा ७० जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। क्यारेबियन देश हाइटीको मध्य क्षेत्रमा भएको ग्याङयुद्धमा ७० जनाभन्दा बढीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा १० महिला र ३ बालबालिका समेत रहेका छन्। ५० भन्दा बढी घाइते भएका छन्, जसमध्ये १६ जनाको अवस्था गम्भीर छ।

राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब ६० किलोमिटर टाढा रहेको पोन्ट–सोन्डे सहरमा बिहीबार बिहान ३ बजे आक्रमण भएको हो। तीन हजार मानिसले आफ्नो ज्यान जोगाउन घर छाडेका छन्।

संयुक्त राष्ट्रसंघका अनुसार यो हमला ग्रान ग्रिफ गिरोहले गराएको हो। उनीहरुको प्रहरीसँग पनि गोली हानाहान भएको थियो, जसमा दुई गिरोहका सदस्य घाइते भएका थिए।

ग्रान ग्रिफले ४५ भन्दा बढी घर र ३४ वटा सवारीसाधनमा आगजनी गर्यो र मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य तुल्यायो।

वास्तवमा, राजधानी पोर्ट-ओ-प्रिन्सको नियन्त्रणको लागि देशमा लगभग १५० गिरोहहरू छन्, जो एक अर्कासँग लडिरहेका छन्। सडकमा रक्तपात सामान्य भइसकेको छ।

हाइटीका प्रधानमन्त्री ग्यारी कोनिलले सामाजिक सञ्जालमा आक्रमणको निन्दा गरेका छन्।