थाइल्याण्डमा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

थाइल्याण्डमा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकक। थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ। अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन्। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

तर, बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन्। रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२.३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो। बस स्कुलबाट फर्कदै थियो।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए। उनीसँगै ५ जना शिक्षक पनि थिए। बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ।