सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ।

सोमबार प्रतितोला रु. एक लाख ५९ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५९ हजार सात सय निर्धारण भएको छ। नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्यवृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो।

यस्तै, चाँदीको मूल्य आज तोलामा रु पाँचले घटेको छ। सोमबार प्रतितोला रु. एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि रु. एक हजार नौ सय १५ निर्धारण भएको छ।