‘यदि मैले हारे भने, म २०२८ को राष्ट्रपति चुनाव लड्ने छैन’

‘यदि मैले हारे भने, म २०२८ को राष्ट्रपति चुनाव लड्ने छैन’

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको राष्ट्रपति चुनाव हारे भने फेरि चुनाव नउठाउने बताएका छन्। सिन्क्लेयर मिडिया समूहसँगको अन्तर्वार्तामा ट्रम्पलाई यस पटक कमला ह्यारिससँग हारे भने २०२८ मा फेरि चुनाव लड्ने हो कि भनेर सोधिएको थियो।

यसको जवाफ दिँदै ट्रम्पले भने, “मलाई लाग्दैन कि यस्तो हुन्छ। म फेरि चुनाव लड्ने छैन। तर, मलाई आशा छ, हामी यसपटक सफल हुनेछौं।” ट्रम्प पछिल्ला ३ चुनावमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए।

अमेरिकी कानुन अनुसार दुई पटक राष्ट्रपति बनेपछि कुनै पनि व्यक्ति चुनाव लड्न पाउँदैन। यस्तो अवस्थामा ट्रम्पले जित्यो भने यो उनको दोस्रो कार्यकाल हुनेछ र उनी अमेरिकामा अर्को चुनाव लड्न सक्ने छैनन्। बीबीसीका अनुसार पछिल्लो ४ दिनमा ट्रम्पले चुनाव हार्ने सम्भावनाको बारेमा बोलेको यो दोस्रो पटक हो।