सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु. चार सयले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु. एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि रु. एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ। शुक्रबारको तुलनामा छापावाला सुन आइतबार तोलामा नै रु. एक हजार सात सयले वृद्धि भएको थियो।

यस्तै, चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला रु. एक हजार नौ सय २० मा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण गरिएको छ।