लेबनानमा इजरायलको सबैभन्दा ठूलो हवाई आक्रमण

लेबनानमा इजरायलको सबैभन्दा ठूलो हवाई आक्रमण

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। लेबनानमा विगत तीन दिनदेखि पेजर, वाकी-टकी र त्यसपछि सौर्य ऊर्जा प्रणालीमा विस्फोट गराएपछि इजरायलले बिहीबार राति (सेप्टेम्बर १९) दक्षिणी लेबनानमा ७० वटा हवाई आक्रमण गरेको छ। टाइम्स अफ इजरायलका अनुसार गाजा युद्ध सुरु भएयता लेबनानमा इजरायलले गरेको यो सबैभन्दा ठूलो हमला हो।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानमा हिजबुल्लाहसँग सम्बन्धित १०० भन्दा बढी रकेट लन्चरहरू आक्रमण गरी नष्ट गरेको बताएको छ। जसमा १ हजार रकेट ब्यारेल नष्ट भएको थियो। आइडीएफले हिजबुल्लाहले यी हतियारहरू लिएर इजरायलमा आक्रमण गर्ने तयारी गरिरहेको बताएको छ।

इजरायली सेनाले हिजबुल्लाहका धेरै भवन र हतियार भण्डार ध्वस्त पारेको दाबी पनि गरेको छ। यसअघि १७–१८ सेप्टेम्बरमा लेबनानमा पेजर र वाकीटकीमा विष्फोट भएको थियो। जसमध्ये ३७ जनाको मृत्यु भएको छ भने २३ सय जना घाइते भएका छन्। लेबनान र हिजबुल्लाहले यी आक्रमणका लागि इजरायललाई दोष दिएका छन्।