कोलकाता बलात्कार-हत्या प्रकरण, चिकित्सकहरूले आज आन्दोलन अन्त्य गर्ने

कोलकाता बलात्कार-हत्या प्रकरण, चिकित्सकहरूले आज आन्दोलन अन्त्य गर्ने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। पश्चिम बंगालका जुनियर डाक्टरहरूले सेप्टेम्बर १० देखि कोलकाताको साल्ट लेकमा रहेको स्वास्थ्य भवन बाहिर आजदेखि जारी विरोध प्रदर्शन अन्त्य गर्नेछन्। आन्दोलन अन्त्य गर्नुअघि उनीहरुले स्वास्थ्य भवनदेखि सीजीओ कम्प्लेक्सस्थित सीबीआई कार्यालयसम्म र्‍याली गर्ने छन्।

जुनियर डाक्टरहरूले १९ सेप्टेम्बर ढिलो पत्रकार सम्मेलन गरी २१ सेप्टेम्बर शनिबारदेखि काममा फर्किने जानकारी दिएका थिए। ९ अगस्ट आरजी कार मेडिकल कलेज तथा अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएपछि ४१ दिनदेखि चिकित्सक आन्दोलनमा छन्।

चिकित्सकहरुले आफ्नो हडताल आंशिक रुपमा जारी रहने बताएका छन्। उनीहरूले अब आपतकालीन र अत्यावश्यक सेवाहरू प्रदान गर्नेछन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर पनि सञ्चालन गरिनेछ। तर, उनीहरु ओपीडी र कोल्ड अपरेटिङ थिएटरको काममा संलग्न हुने छैनन्।

जुनियर डाक्टरहरुले न्यायका लागि हाम्रो लडाई समाप्त नभएको बताएका छन्। उनीहरुले भने, “हामीले बंगाल सरकारलाई एक साताको समय दिइरहेका छौं। यो अवधिमा सरकारले आफ्ना सबै वाचा कार्यान्वयन नगरे फेरि आन्दोलन गर्ने छौँ।”