रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

रसियाकी एकातोरिना गण्डकीबाट खेल्दै

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। रसियाकी एकातोरिना जुभियागिनसिभाले गण्डकी थण्डर्सबाट वात्साल्य एभरेष्ट वुमन्स भलिबल लिग खेल्ने भएकि छिन्। 

गण्डकीले आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा एकातोरिनालाई अनुबन्ध गरेको हो। एकातोरिना रसियाको घरेलु लिगमा परिचित अनुहार हुन्। उनले रसिया तथा मङ्गोलियामा हुने घरेलु प्रतियोगिताहरू खेल्ने भलेकि छिन्। 

एकातोरिनाले नेपालमा भलिबल खेल्न आउन पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताएकि छिन्। उनले भनिन्, ‘‘नेपाल जस्तो सुन्दर देशमा भलिबल खेल्न आउन पाउँदा मलाई खुसी लागेको छ, छिटै कोर्टमा भेट हुनेछ।’’

एकातोरिनाले दुई सिजन सन् २०१७ र २०१८ मा यु–२० रसियन लिग खेलेकि छिन्। त्यस्तै उनले सन् २०२३–२४ मा मंगोलियन प्रिमियर लिग पनि खेलेकि थिइन्। 

गण्डकीले यसअघि भारतकी शिल्पा सिन्धु र रसियाकी एलिसा रुबियकलाई अनुबन्ध गरेको थियो। गण्डकीले अझै एक खेलाडी अनुबन्ध गर्ने लक्ष्य बनाएको छ। 

आफ्नो तेस्रो विदेशी खेलाडी अनुबन्ध गरेपछि टिमका प्रबन्धक विकास खेतानले तीन जना विदेशी खेलाडी टिममा रहँदा गण्डकी बलियो भएको बताए।