कोलकाता बलात्कार-हत्या प्रकरण, चिकित्सकहरूले आन्दोलन जारी राख्ने

कोलकाता बलात्कार-हत्या प्रकरण, चिकित्सकहरूले आन्दोलन जारी राख्ने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। कोलकाताको आरजी कार मेडिकल कलेजमा बलात्कारपछि हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरका बुबाले ममता बनर्जीमाथि ठूलो आरोप लगाएका छन्। उनले भने, “यदि ममताले २०२१ मा कलेजका पूर्व प्रिन्सिपल सन्दीप घोषलाई कारबाही गरेको भए आज मेरी छोरी जीवित हुने थिईन।”

पीडितका बुवाले भने, “सीबीआईले आफ्नो काम गरिरहेको छ। यो हत्यामा कसैको संलग्नता छ वा प्रमाण तोडफोडमा संलग्न सबैको खोजी भइरहेको छ। आन्दोलनमा उत्रिएका जुनियर डाक्टरहरु पीडामा छन्। तिनीहरू मेरा बच्चाहरू जस्तै छन्। उनीहरुलाई यस्तो देख्दा हामीलाई पनि दुख लाग्छ। दोषीलाई सजाय हुने दिन हाम्रो जित हुन्छ। २०२१ सालमा पनि कलेजका पूर्व प्रिन्सिपल सन्दीप घोषविरुद्ध धेरै उजुरी परेका थिए, मुख्यमन्त्रीले सन्दीप घोषलाई कारबाही गरेको भए मेरी छोरी बाँच्ने थिईन।” 

मंगलबार राति करिब २ बजेदेखि जुनियर डाक्टरले आन्दोलन जारी राख्ने निर्णय गरेका थिए। साँझ ६ः३० बजे सुरु भएको चिकित्सक संघको बैठक १ बजेसम्म चलेको थियो। जुनियर डाक्टरहरुले पत्रकार सम्मेलन गरी हाम्रा माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनीहरु भन्छन्, “हामी सरकारसँग फेरि वार्ता गर्न चाहन्छौं।”