हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत हुन्छ: मन्त्री पाण्डे

हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धित विधेयक प्रस्तुत हुन्छ: मन्त्री पाण्डे

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डे संसद्को हिउँदे अधिवेशनबाट मन्त्रालय सम्बद्ध ऐनहरू संशोधन हुने बताएका छन्।

मङ्गलबार नेपाल पर्वतारोहण सङ्घको ३४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डे हाल संसद् अधिवेशन अन्त्य भएकाले आगामी हिउँदे अधिवेशन अगावै ऐनहरूलाई मूर्त रूप दिने काम हुने विश्वास व्यक्त गरे।

मन्त्री पाण्डे भने, “हिजो मात्रै संसद्को अधिवेशन अन्त्य भएको छ। हामीले पर्यटन, संस्कृति, हवाई उड्डयनलगायतका नीतिहरू परिमार्जन गर्न खोजिरहेका छौँ। संसद्को हिउँदे अधिवेशन सुरु हुनु अगावै नीतिलाई अन्तिम रूप दिने छौँ।”

मन्त्री पाण्डेले नेपाल पर्वतारोहणसम्बन्धी ऐनमा के कहाँ परिमार्जन गर्न सकिन्छ त्यसबारे सुझाव दिन समेत आह्वान गरेका छन्। उनले नेपाल एयरलाइन्सलाई चलायमान बनाउन जरुरी रहेको समेत बताए।

फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले मुलुकको स्थायित्वका लागि दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनु परेको उद्घोष गरे।

मन्त्री पाण्डे भने, “नेपाली कांग्रेस र नेकपा (एमाले) एक ठाउँमा उभिनु सहजता पक्कै पनि होइन। यो स्वाभाविक पनि छैन। तर स्थिर सरकार चलाउनका लागि एक ठाउँमा उभिएका हौँ।”

यो सरकार ०८४ सम्मै चल्छ। उनले मूलकको समृद्धि र विकासका लागि प्रमुख प्रतिपक्षीमा रहेका दल नेकपा (माओवादी केन्द्र), राप्रपालगायत मधेशवादी दलहरूसँग समेत सहकार्य गर्न सकिनेमा जोड दिए।