गाजा हमलापछि इजरायलमा सबैभन्दा ठूलो प्रदर्शनः बन्धकको रिहाइका लागि ५ लाख मानिस सडकमा

गाजा हमलापछि इजरायलमा सबैभन्दा ठूलो प्रदर्शनः बन्धकको रिहाइका लागि ५ लाख मानिस सडकमा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजा। गाजा पट्टीमा छ जना बन्धकको शव फेला परेपछि इजरायलमा आक्रोश छाएको छ। राजधानी तेल अवीभमा आइतबार साँझ लाखौं मानिस प्रदर्शन गर्न भेला भएका थिए। इजरायलमा अक्टोबर ७ को हमलापछिको यो सबैभन्दा ठूलो विरोध प्रदर्शन हो।

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार त्यसमा ३ लाखभन्दा बढी मानिस भेला भएका थिए। यसबाहेक विभिन्न सहरमा २ लाखभन्दा बढी मानिस जम्मा भएर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा मानिसहरूले छवटा शवको प्रतीकका रूपमा छवटा कफिन राखेका थिए।

एउटा संस्थाले अझ ठूलो भीड भएको दाबी गरेको छ। इजरायलमा भएको प्रदर्शनमा ७ लाखभन्दा बढी मानिस भेला भएको होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले सीएनएनलाई दाबी गरेको छ। तेल अभिभमा मात्रै ५ लाखभन्दा बढी मानिस विरोध प्रदर्शनमा आएका थिए। उनीहरुले प्रधानमन्त्री नेतन्याहुको घरबाहिर पनि प्रदर्शन गरेका थिए।

बन्धकहरूलाई रिहा नगरेकोमा इजरायली जनता आक्रोशित

प्रदर्शनकारीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूलाई रिहा गर्न ठोस कदम नचालेको आरोप लगाएका थिए। उनीहरुले युद्धविराम र बाँकी बन्धकहरुको रिहाईको माग गरेका थिए। यो सम्झौता भइसकेको भए बन्धकहरुलाई मुक्त गर्न सकिने उनले बताए। नेतान्याहु राजनीतिक कारणले सम्झौता गर्न चाहँदैनन्।

रिपोर्टका अनुसार प्रदर्शनकारीहरूले रातभर प्रदर्शन जारी राखेका थिए। उनीहरुले धेरै राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरू ‘नाउ-नाउ’ (अब–अब) नारा लगाइरहेका थिए। उनीहरुले हमाससँग जतिसक्दो चाँडो युद्धविरामको माग गरेका थिए। कैयौं मानिसहरुले बन्धकहरुलाई जिउँदै फर्काउन माग गर्दै नारा लगाएका थिए। प्रदर्शनकारीहरूले इजरायली झण्डा, पहेंलो रिबन र बन्धकहरूको सम्मानमा हत्या गरिएका छ जना बन्धकहरूका लागि माफी माग्ने प्लेकार्ड बोकेका थिए।