लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल

लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाऔँः अध्यक्ष नेपाल

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लागूपदार्थ दुर्व्यसनीविरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। लागूपदार्थ दुर्व्यसनी र दुर्व्यसनीका व्यापार गर्नेहरुको सञ्जाललाई समाप्त बनाउनुपर्ने उनको भनाइ छ।

उनले सबै इमानदार भएर लागे अपराधजन्य गतिविधि नियन्त्रण गर्न सकिने बताए। उनले अपराधीहरुको कसैले पनि संरक्षण गर्न नहुने उल्लेख गरे।

अध्यक्ष नेपालले कुनै चुनौतिलाई स्वीकार गर्नसके सबै कुरामा सफल हुन सकिने बताए।