पोलियोका कारण गाजामा युद्ध ३ दिनका लागि रोकिने

पोलियोका कारण गाजामा युद्ध ३ दिनका लागि रोकिने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। इजरायल र हमासले गाजाका केही क्षेत्रमा तीन दिनका लागि युद्धविराम गर्न सहमत भएका छन्। गाजामा २५ वर्षपछि अगस्ट २३ मा पोलियोको पहिलो केस फेला परेको थियो, त्यसपछि ६ लाख ४० हजार बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइनेछ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अधिकारी रिक पेपरकर्नले प्यालेस्टिनी क्षेत्रमा खोप अभियान आइतबार (सेप्टेम्बर १) देखि सुरु हुने बताए। उनले स्थानीय समय अनुसार बिहान ६ बजेदेखि दिउँसो ३ बजेसम्म युद्धविराम हुने बताए।

डब्ल्यूएचओ अधिकारीले भने कि खोप अभियान मध्य गाजामा सुरु हुनेछ, जहाँ तीन दिनको युद्धविराम हुनेछ। त्यसपछि यो दक्षिणी गाजा तर्फ सर्नेछ, जहाँ थप तीन दिनको लागि युद्धविराम हुनेछ। त्यसपछि उत्तरी गाजामा खोप अभियान सञ्चालन गरिनेछ। पेपरकर्नले आवश्यक परे सबै क्षेत्रमा युद्धविराम चौथो दिनसम्म लम्ब्याउन सकिने बताए।

५ लाख जनता भोकमरीको चपेटामा

युद्धले गाजामा मानवीय संकट सिर्जना गरेको छ। इजरायली आक्रमणको चपेटामा परेका गाजाका नागरिकसामु भोकमरीको समस्या खडा भएको छ।

एक रिपोर्ट अनुसार गाजाका करिब ५ लाख जनताले आगामी महिनामा खाद्य संकटको सामना गर्नुपर्नेछ। यो संख्या गाजाको कुल जनसंख्याको झन्डै एक चौथाई हो।

रिपोर्टका अनुसार इजरायली आक्रमणले गाजामा हालसम्म ५९ प्रतिशत भवन ध्वस्त पारेको छ। उत्तरी गाजा मा यो संख्या ६०% भन्दा बढी छ।