पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

पाँचथरमा ग्रिनेड पड्किँदा एकै घरका दुई नाबालकको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिदिम। पाँचथर जिल्लाको फालेलुङ गाउपालिका ५ मा बिहीबार विस्फोटमा परी गम्भीर घाइते भएका दुई जना बाल बालिकाको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा प्राङवुङ डाडागाउटोलका ११ वर्षीय दिप्सन साँवा र उनकी २ वर्षीय बहिनी प्रिन्सा साँवा हुन्। 

उनिहरू दुवै जना स्थानीय दिलीप साँवाका छोराछोरी रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले बताए।

विस्फोटमा ज्ञानबहादुरका दुई छोरा घाइते भएकामा एक जना बिहीबार नै डिस्चार्ज भएको र एक जनाको उपचार भइरहेको छ। 

बालबालिका खेलिरहेका बेला ठूलो आवाजसहित विस्फोट भएको थियो। डिएसपी भण्डारीका अनुसार विस्फोटक पदार्थ केहो भन्ने खुलिनसकेको र सेनाको टोली घटनास्थल पुगेकाले डिस्पोज गरेपछि थाहा हुने जानकारी दिए। 

पाँचथरका प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त वस्तु ह्यान्डमेड ग्रिनेड हुनसक्ने आकलन गरिएको बताए। 

विस्फोटक पदार्थ कहाँबाट आयो भन्नेमा अनुसन्धान भइरहेको छ।