कोलकाता बलात्कार-हत्या प्रकरण, बंगाल बन्दको समयमा हिंसा

कोलकाता बलात्कार-हत्या प्रकरण, बंगाल बन्दको समयमा हिंसा

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा विद्यार्थी संगठनहरूले गरेको विरोध जुलुसपछि भाजपाले बुधबार १२ घण्टाको बंगाल बन्दको आह्वान गरेको छ। बन्दका क्रममा धेरै जिल्लामा प्रहरी र भाजपा समर्थकबीच झडप भएको छ। सयौं मानिस हिरासतमा परेका छन्।

उत्तर २४ परगना जिल्लाको भाटापारामा बन्दका क्रममा भाजपा नेताको कारमा गोली चलेको छ। बीजेपी नेता प्रियंगु पाण्डेले भने- टीएमसीका करिब ५०-६० जनाले सडक अवरुद्ध गरेर गाडी रोकेका थिए र भीडबाट ६-७ राउण्ड फायर र ७-८ बम प्रहार गरिएको थियो। चालकसहित दुई जनालाई गोली लागेको छ। एकजना गम्भीर छन्।

नादिया र मंगलबारी चौरंगीमा भाजपा र टीएमसी कार्यकर्ताहरू बीच झडप भएको थियो। टीएमसी समर्थकहरूले भाजपा कार्यकर्ताहरूलाई लाठीले आक्रमण गरे। बानगाउँ र बारासात दक्षिणमा रेलहरू रोकिएका थिए।

अर्कोतर्फ, कलकत्ता उच्च अदालतले भाजपाको बंगाल बन्दलाई चुनौती दिने जनहित याचिका खारेज गर्‍यो। भाजपाले आज बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्दको आह्वान गरेको छ। पार्टीले अगस्ट २७ मा कोलकातामा विद्यार्थी प्रदर्शनकारीमाथि लाठीचार्ज र हिरासतमा लिएको विरोधमा प्रदर्शन गरिरहेको छ।