सुनको मूल्य तोलामा एक हजारले वृद्धि

सुनको मूल्य तोलामा एक हजारले वृद्धि

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। ल स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. एक हजारले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५२ हजार चार सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३५ ले वृद्धि भएको छ। शुक्रबार प्रतितोला रु. एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु. एक हजार आठ सय ५० निर्धारण भएको छ।