अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल। अफगानिस्तानमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको देशको राष्ट्रिय विपद् प्राधिकरणले बुधबार राती जनाएको छ।

पछिल्लो केही दिनयता अफगानिस्तानका केही भागमा आएको आकस्मिक बाढीका कारण १० जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको प्राधिकरणका प्रवक्ता मुल्लाह जनान स्याकले बताए। 

उनका अनुसार बाढीले निम्त्याएको प्राकृतिक प्रकोपका कारण १०० वटा आवासीय घरहरू पनि पूर्ण वा आंशिक रूपमा क्षति भएका छन् भने खेतीबालीमा समेत गम्भीर क्षति पुगेको छ।

प्रान्तीय सरकारले सबै प्रान्तीय अधिकारीहरूलाई बाढी प्रभावितलाई तत्काल उद्धार गरी आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएका छन्।

यो वर्षको मेपछि अफगानिस्तानमा वर्षाजन्य विभिन्न दुर्घटनामा करिब ४०० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।