सुनको मूल्य तोलामा ११ सयले घट्यो

सुनको मूल्य तोलामा ११ सयले घट्यो

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपियाँमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय रुपियाँ निर्धारण भएको छ। बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च कीर्तिमान कायम भएको थियो।

यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपियाँले कम भई आज एक हजार आठ सय ३० रुपियाँमा कारोबार भएको छ।