भारतमा औषधि कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु

भारतमा औषधि कारखानामा आगलागी हुँदा १७ जनाको मृत्यु

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली। आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा बुधबार (अगस्ट २१) दिउँसो २ः१५ बजे आगलागी भएको थियो। दुर्घटनामा पहिलो १८ जनाको मृत्यु भएको जानकारी आएको छ। अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। ३६ जना घाइते भएका छन्। सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ।

घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो। प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए। जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको हो।

कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन्। घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए।

पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन्। यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको थियो।