‘एकासी गाईजात्रा’ लिएर आउँदै मनोज गजुरेल सहितका हाँस्यकलाकार (भीडियो सहित)

‘एकासी गाईजात्रा’ लिएर आउँदै मनोज गजुरेल सहितका हाँस्यकलाकार (भीडियो सहित)

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विगतका वर्षका जस्तै यसबर्ष पनि गाईजात्रा नजिकिंदै जाँदा कलाकारहरुले हास्य व्यंग्य प्रस्तुतिलाई तीव्र पारेका छन् । मनोज गजुरेल, शैलेन्द्र सिंखडा,सुबोध गौतम,मेक्सम गौडेल,प्रभात लामा लगायतको टिम पनि गाईजात्राका लागि तयारी अवस्थामा देखिएको छ ।

बिहीबार काठमाडौंमा एक होटलमा पत्रकार सम्मेलन गरी आगामी भदौ २ देखि ७ गतेसम्म कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘एकासी गाईजात्रा’ हुने जानकारी दिइयो । साटोको मुख्य प्रायोजन रहेको कार्यक्रमको सञ्चालन रिमा विश्वकर्माले गर्नेछिन् ।
ब्राण्डवर्थ प्रा. लि. ले प्रत्येक बर्ष गाईजात्रा पर्वको अवसर पारेर हास्यव्यंगात्मक कार्यक्रम गर्दै आएको छ ।

हास्य कलाकार मनोज गजुरेल यसपटक फेरि फरक अवतारमा प्रस्तुत हुनेछन् । कार्यक्रममा गजुरेलका साथै शैलेन्द्र सिंखडा, यमन श्रेष्ठ, प्रभात लामा, सजन श्रेष्ठ, मेक्सम गौडेल, सीता न्यौपाने, चक्र दवाडी, प्रकृति गिरी र आशिष खनालले प्रस्तुति दिनेछन् ।

हास्यव्यंग कलाकार मनोज गजुरेलले सांस्कृतिक परम्परालाई निरन्तरता दिदै कार्यक्रम गर्न लागिएको बताउनुभयो । हरेक नेपालीले बर्षभरी प्रतीक्षा गरेको कार्यक्रम गाईजात्रा कार्यक्रम भएको भन्दै गजुरेलले बर्षभरीका घटना, परिघटना, राजनीतिक घटनाक्रम लगायतलाई समेटेर व्यंगात्मक कार्यक्रम गरिने उल्लेख गर्नुभयो । उहांले भन्नुभयो, “कलात्मक हिसावले समाज र राजनीतिले आगामी कार्यदिशा कस्तो लिनुपर्छ भन्ने पनि निर्देश गरिनेछ ।”

अर्का हास्यव्यंग कलाकार शैलेन्द्र सिंखडाले हास्यव्यंगमार्फत समाजलाई झक्झक्याउने प्रयासलाई निरन्तरता दिन कार्यक्रम गर्न लागेको बताउनुभयो । उहांले भन्नुभयो, “विगत ४५ बर्षदेखि गाईजात्रा कार्यक्रम गर्दै आएको छु । पात्र फेरिए, प्रवृत्ति फेरिएन, लाग्छ अझै ४५ बर्ष यस्तै रहन्छ । यद्यपी व्यंगकार र जनता जुर्मराए भने परिवर्तन हुन सक्छ । ”

आयोजक ब्राण्डवर्थ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले संस्कृतिको संरक्षण गर्दै स्वस्थ मनोरञ्जन प्रदान गर्न कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

पत्रकार सम्मेलनको भीडियोको केहि अंश