किशिदा जापानको प्रधानमन्त्री पदमा नरहने

किशिदा जापानको प्रधानमन्त्री पदमा नरहने

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। जापानका प्रधानमन्त्री फुमियो किशिदाले पार्टी अध्यक्षको निर्वाचनमा भाग नलिने निर्णय गरेका छन्। उनले बुधबार (अगस्ट १४) सेप्टेम्बरमा हुन लागेको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)को प्रमुख निर्वाचनमा उम्मेदवारी नदिने बताएका छन्।

जापानमा सत्तारुढ दलका अध्यक्ष प्रधानमन्त्री निर्वाचित हुन्छन्। किशिदाको यो घोषणापछि अब देशले नयाँ प्रधानमन्त्री पाउने पक्का भएको छ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले भने, “नयाँ नेताको निर्णय भएपछि, मलाई आशा छ कि सबै एकजुट हुनेछन् र राम्रो टोली गठन गर्नेछन्, ताकि हामी जनताले बुझ्न सक्ने राजनीति गर्न सक्छौं।”