मधेश सरकारबाट आठ राज्यमन्त्री बर्खास्त

मधेश सरकारबाट आठ राज्यमन्त्री बर्खास्त

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाएका हुन्। 

जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएका सिंहले पछिल्लो पटक साउन २२ मा पाँच राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद २० सदस्यीय बनाएका थिए।

मधेश सरकारबाट हट्ने आठ राज्यमन्त्रीहरुमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम,केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल छन्।