६ असार, काठमाडौं । हावाहुरीले रुख ढाल्दा पूर्व–पश्चिम १३२ केभी चपुर-पथलैया प्रसारण लाइन खण्डमा क्षति पुगेको छ ।
बिहीबार बिहान साढे ११ बजेतिर हावाहुरीले उक्त खण्डमा रुख ढल्दा प्रसारण लाइनमा क्षति पुगेको हो ।
राष्ट्रिय प्रसारण प्रणालीको उक्त खण्डको लाइन क्षति पुग्दा देशभरको विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले जानकारी दिए ।
उनले वैकल्पिक व्यवस्था गरी क्रमकि रुपमा विद्युत् आपूर्ति सुचारु गर्ने कार्य भइरहेको उल्लेख गरे ।
प्रतिक्रिया